स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्टि
मकवानपुर – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले विगत ४ वर्षमा गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्ट भएको जनाएको छ । जिल्ला समन्वय समितिद्धारा शुक्रबार गाउँपालिकाको अनुगमनका क्रममा बिगत ४ वर्षमा गाउँपालिकामा व्यापक परिर्वतन भएता पनि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्टि मिलेको जनाईएको छ ।

शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, र प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारीले जनताको माग बमोजिम पूर्वाधारसंगै सामाजिक क्षेत्रमा समेत उतिकै ध्यान दिएर काम गरेको बताउनुभयो । उहाँहरुले सबै वडामा स्वास्थ्य कार्यालय निर्माण गरेर स्वास्थ्यको पहुँचमा पु¥याईएको, स्वयमसेवीलाई भत्ता, जीरो होम डेलिभरी, निशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रमबाट नागरिकलाई स्वास्थ्यमा पहुँच बृद्धि गरिएको जानकारी दिईएको थियो ।

त्यस्तै शिक्षा क्षेत्रमा शुन्य दरबन्दी भएका सामुदायीक विद्यालयमा १० जना स्वयमसेवक शिक्षकको व्यवस्था, आफ्नै लगानीमा कृषि प्राविधिक विद्यालय सञ्चालन, विद्याथीलाई खाजाको व्यवस्था तथा विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । यस्तै जनताको माग बमोजिम करीब ९९ प्रतिशत घरमा सडक पूर्वाधार पु¥याउन सफल भएकामा सन्तुष्टि मिलेको बताईएको थियो । यस्तै भुकम्प पछि खानेपानीको क्षेत्रमा आएको समस्या समाधान गर्न सफल भएको बताईएको थियो । दिनभरी पानी बोक्नुपर्ने जनताको समस्या समाधान गर्न सफल भएकोमा सन्तुष्ट भएको उहाँहरुले बताउनुभयो ।

त्यस्तै पर्यटनक्षेत्रमा लगानी गरेर आय आर्जनमा व्यापक बृद्धि भएकोमा बताईएको थियो । जनतामा गाउँमै बसेर जिवन निर्वाह गर्न सकिन्छ भन्ने सोँचको विकास गर्न सफल भएकोमा सन्तुष्टि मिलेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । साथै उहाँले यो ४ वर्षमा संघियताको मर्म बिपरित र स्थानीय तहलाई कमजोर बनाउने खालका कानुन निर्माणले समस्या पार्दा अझै सोचेँ अनुसारको काम गर्न नपाउँदा खल्लो महसुस गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरले आफुलाई राजा सोच्नु साथै को प्रति उत्तरदायी हुने भन्ने जनप्रतिनिधिहरुमा सोचाई नहुँदा र आफ्नै भित्रबाट समेत असहयोगका कारण केहि सोचेँका काम गर्न नसकेकोमा भने दुख्ख लागेको बताउनुभयाे ।

ऋनुगमनका क्रममा जिसस प्रमुख खुलालले सबै विकास एकै पटक सम्भव नहुने बताउनुभयो । उहाँले गाउँपालिकाहरुमा अहिले भएका विकासहरुलाई कम आङ्कलन गर्न नहुने बताउनुभयो । “थुप्रै विकास भएका छन् त्यसको निरन्तरता जरुरी छ ।” –प्रमुख खुलालले भन्नुभयो । साथै उहाँले गाउँपालिकामा कृषि र पर्यटनको थुप्रै सम्भावना भएकाले नागरिकलाई व्यवसायीक बनाउन आग्रह गर्नुभयो । सो क्रममा अनुगमन टोलीले संघीय सरकार, प्रदेश सरकार, जल्लिा समन्वय समितिको मौजदात कोष र स्थानीय तहको लगानीमा सञ्चालित विभिन्न आयोजना तथा आईसोलेसन केन्द्रको स्थलगत अनुगमन गरेको थियो । टोलीले प्रदेश सरकारको लगानीमा निर्माण भईरहेको रंगशाला, गाउँपालकाको लगानीमा निर्माण भएको वडा नम्बर १, २ र ५ जोड्ने खड्बु, सुकौरा, नयाँगाउँ,कालापानी १० किलोमिटर सडक, संघीय सरकारको ७ करोडको लगानीमा निर्माण भइरहेको फाखेल, चखेल, देउराली सडक, जिससको मौजदात कोषबाट निर्माण भईरहेको वडा नम्बर ४ र ५ को वडा कार्यालय र स्वास्थ्य केन्द्र, गाउँपालिकाको लगानीमा सञ्चालित कृषि प्राविधिक विद्यालय र अइसोलेसन समेतको अनुगमन गरेको थियो ।

सो क्रममा टोलीले गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसनको अवस्थाका बारेमा जानकारी लिएको थियो । गाउँपालिकामा हालसम्म ८१ ज्नाको जाँच भएको र ३४ जनामा संक्रमण पुष्टि भएको तथा २६ जना निको भईसकेको र पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिईएको थियो । यस्तै सो क्रममा गाउँमा खोप लगाउन नमान्ने समस्या रहेको समेत जानकारी दिईएको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाललगायतको सहभागिता थियो ।