भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ । मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरू उक्त पुलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुल एक्कासी चुँडिएपछि सेना, जल सेना, एयर फोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ ।