हेटौँडा – गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्षमा मकवानपुरकी आरती पाठक सर्वसम्मत चयन हुनु भएको छ । हेटौंडामा विहीबार भएको दोस्रो अधिवेशन तथा तेस्रो साधरणसभाबाट पाठकाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्ष कमलकुमार विश्वकर्मा (मकवानपुर), सचिव नरेश श्रेष्ठ (ललितपुर), सहसचिव मीनकुमार केसी (नुवाकोट), कोषाध्यक्ष सुमित्रा चेपाङ (धादिङ) रहेका छन् । यस्तै समिति सदस्यमा गणेश भण्डारी (काठमाडौं), अनिता नेपाली (चितवन), देवकी पौडेल (नुवाकोट), अनिता मानन्धर (काभ्रे) छन् । समितिको कार्यकाल ३ वर्षको रहनेछ । अध्यक्षमा चयन हुनु भएकी पाठकले प्रदेशको १३ वटै जिल्ला शाखालाई बलियो बनाउँदै सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । ‘गैरसरकारी संस्थामाथि लागेको आरोपलाई चिर्दै सुशासनको पाटोलाई अगाडि बढाउनेछौं । छाता संगठनको हैसियतले गर्नुुपर्ने जिम्मेवारी मेरो कार्यकालमा पूर्णरुपमा गर्नेछु ।’, उहाँले भन्नुभयो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता एवम् दामोदर अर्यालको अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतको सहभागिता थियो ।