हेटौंडाः३ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा आईतबार आयोजित समारोहमा उच्च अदालत पाटन, ललितपुरका मुख्य न्यायाधीश कुमार चुँडालले उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले थपलियालाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गर्नुभएको थियो । यस अघिका मुख्य न्यायाधिवक्ता सुर्य चन्द्र न्यौपानेले पदबाट राजिनामा दिए पछि खालि रहेको पदमा थपलियालाई नियुक्त गरिएको हो ।

समारोहमा प्रदेश प्रमुख अनुराधार कोईराला, मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, आन्तरिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेल, भुमि व्वस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगनाथ थपलिया, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, प्रदेश मन्त्रालयका सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।