मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन नेपाल भुमिहिन सुकुम्बासी संगठन मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । संगठनका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज सुनिल लामाको अध्यक्षता एवम् एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले अहिलेको गठबन्धन सरकारले भुमिहीन जनताको अधिकार खोसेको आरोप लगाउनुभयो । उहाँले अघिल्लो सरकारको पालमा मकवानपुरमा लालपुर्जा वितरण गर्ने अवस्थामा आयोग नै खारेज गरेर जनताको अधिकार खोसेको बताउनुभयो । अधिवेशनमा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य अनन्त पौडेल, रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनबाट यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा शुक्र राजथला, सचिवमा विष्णु आचार्य र कोषध्यक्षमा कान्छानाथ लम्साल निर्विरोध चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा गुनराज गिरी, चन्द्रबहादुर सुनार, पिन्की तामाङ, शुक्रबहादुर थिङ, ललिता थापा, रिता रिजाल, देवनारायण दुलाल, दिलमाया रुम्बा, बलराम बल, ज्ञानबहादुर थापा, मनोज परियार, देवन सिं रुम्बा, राममाया तामाङ, कान्छिमाया वाईवा र शुष्मा भ्लोन चयन हुनु भएको छ ।