मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामुदायिक बनहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा–९ स्थित बेतखोल्सी सामुदयिक बन उपभोक्ता समुहको १९ औं वार्षिक साधारण भेलाको उद्घाटन गर्दै प्रमुख खुलालले बनलाई पर्यटनसंग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको हो ।
उहाँले बन जंगलको उचित संरक्षण सम्बद्र्धन र उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बन जंगल संरक्षण गर्दै पर्यावरणमा प्रतिकुल प्रभाव नपर्ने गरि बन जंगललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके आर्थिक उपलब्धी समेत लिन सकिने हुँदा सामुदायिक बनहरुले त्यसतर्फ सोच्नु पर्ने बताउनुभयो ।
बेतखोल्सी सामुदायिक बनका अध्यक्ष बासदेवु प्याकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारी, वडा सदस्य सुकराम केसी, नेकपा ९ नम्बर वडा कमिटिका सचिव विष्णु राना, कांग्रेस प्रतिनिधि कुमार पौडेल, सामुदायिक वन महासंघका नगर अध्यक्ष शम्भु न्यौपाने, नारायणि बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, टोल विकास वडा समन्वय समितिका संयोजक यदुवंश खतिवडालगायतको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि खुलालले सम्हले जडान गरेको साईरन समेतको उद्घाटन गर्नुभएको थियो । त्यस्तै भेलाकै अवसरमा समुहका जेष्ठ सदस्य घननाथ अधिकारी र तुलसादेवी अधिकारीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान समेत गरिएको थियो । आजकै भेलाले पुन बासुदेव प्याकुरेलकै नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।