काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौँ आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाटै झापाको गौरा दह नगरपालिका –६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअल रुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले आर्थिक समृद्धि र विकास निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो । रासस