हेटाैंडा – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अप द मन्थ’ को घोषणा गरेको छ । आईसीसीले सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ भारतका ब्याट्स म्यान श्रेयस अय्यर र महिलातर्फ न्युजिल्यान्डकी अलराउन्डर अमिलेया केर परेका छन् । भोटिङका आधारमा अय्यर र केरले उपाधि जितेका हुन् ।
भfरतीय खेलाडी अय्यरले वेस्ट इन्डिजसँग्को एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेका थिए । यस्तै न्युजिल्यान्डकी अलराउन्डर केरले आईसीसी महिला क्रिकेट विश्व कपको अभ्यास शृङ्खलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । आईसीसीले गएको बुधवार फेब्रुअरी महिनाको लागि उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मनोनयनमा पुरुषतर्फ अय्यरसँगै नेपालका अलराउन्डर दीपेन्द्रसिंह र यूएईका वृत्य अरविन्द परेका थिए । यस्तै मनोनयनमा महिलातर्फ केरसँगै भारतकी मिथाली राज र भारतकै अलराउन्डर दिप्ती शर्मा परेका थिए ।