मकवानपुर – स्थानीय तह वित्तीय शुसासन जोखिम मुल्याङ्कन सम्बन्धी एक दिवशीय अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश शुसासन केन्द्र र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जिससका पदाधिकारीहरु र जिल्लाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो । कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय सरकारको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन साथै वित्त व्यवस्थापनका सम्भावित जोखिका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखा गर्ने सन्दर्भमा अभिमुखिकरण प्रभावकारी हुने बताउनुभयो । उहाँले विशेष गरि स्थानीय तहले आर्थिक शुसासनमा ध्यान दिन आवश्यक रहेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बागमती प्रदेशका सचिव एमलाल भुषालले वित्तीय शुसासन जोखिम मुल्याङ्कन कार्यविधिका बारेमा सहजिकरण गर्नुभएको थियो । उहाँले स्थानीय सरकारका प्रमुख÷उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुले वित्तीय जोखिका क्षेत्रहरूको पहिचान गरी त्यसको न्युनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरु, जिससका सदस्यहरु, प्रदेश शुसासन केन्द्रका कर्मचारीहरु लगायतको सहभागिता थियो ।