file photo

काठमाडौँ – आइसिसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने सिरिजका लागि नेपालले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।
नेपालले मार्चमा हुने सिरिजमा युएई र पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागी रहेका छन् ।