काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी–नेकपा सचिवालयको बैठकले सात वटा प्रदेशका प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ प्यासी अधिकारी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाई, गोबिन्द कलौनी र शर्मिला त्रिपाठीको नाम प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारलाई सिफारिश गरेको हो । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले प्रदेश प्रमुखहरुको नियुक्त गरी राष्ट्रपतिलाई सिफारिश गर्ने बताइएको छ ।