हेटाैंडा – नेपालमा आज थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १३ हजार ३ सय ७७ नमूनाको पिसिआर परिक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज १ हजार ४ सय १६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।