हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । उहाँको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो। त्यसपछि उहाँलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा लगिएको थियो । उहाँकाे उपचार जारी रहेकाे मुख्यमन्त्री पाैडेलका प्रेस संयाेजक प्रकाश दाहालले जानकारी दिनुभयाे ।