हेटौंडा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा देउवा पक्षका लोक मुक्तान विजयी हुनुभएकाे छ । निर्वाचनको मत परिणाम अनुसार उहाँ ६२० मतसहित निर्वाचित हुनुभएकाे हाे ।
उहाँकाे निकटतम प्रतिद्वन्दी इश्वरराज पौडेलले ३५३ मत प्राप्त गर्नुभयाे । सभापति मुक्तान सहित सचिवमा थल बहादुर थापा सन्तोष, बलराम घिमिरे, सहसचिवमा निर्मला रुम्बा र चुनारी माया थिङ विजयी भएकाे छ । थापाले ५२७ मत र घिमिरेले ४६२ मत प्राप्त गरी विजयी हुनु भएकाे हाे । त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३४४ र राजकुमार ब्लोनले ३७७ मत प्राप्त गरी पराजित हुनुभएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिनुभयाे । महाधिवेशन प्रतिनिधिहरुको भने मतगणना भइरहेको जनाइएको छ । यसअघि प्रतिनिधिसभा क्षेत्र नम्वर १ को मत परिणाम सार्वजनिक भइसकेको छ । ४० मत बदर भएको समेत जनाइएको छ । अहिले प्रतिनिधि सभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मतगणना भइरहेको छ ।