नायिका दीपिका पादुकोणको नाम ड्रग्सको मुद्दामा जोडिएपछि उनको बलिउड करिअर र ब्रान्डसँगको सहकार्यमा कस्तो असर पर्छ भन्ने टिप्पणी सुरु भएको छ । बलिउडका ट्रेड एनालिस्टहरुले दीपिकाको करिअरलाई यसले ठूलो असर नगरेपनि उनको ब्रान्ड भ्यालू भने घटाउने बताउँछन् ।भारतीय मिडियाका अनुसार, दीपिकाको नाममा करिब ६ सय करोड लगानी भैरहेको छ । जसमा २ वटा चलचित्र र ३३ वटा ब्रान्ड जोडिएका छन् । दीपिकाले निर्माता मधु मन्तेना र शकुन बत्राको चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । यस्तै, एउटै विज्ञापनबाट ८ देखि १२ करोड लिने दीपिकासँग ३३ वटा ब्रान्ड जोडिएका छन् ।
बलिउडका ट्रेड एनालिस्ट तथा वितरक राज बंसलले भारतीय मिडियासँग कुरा गर्दै दीपिकाको करिअरमा यसले ठूलो असर पार्ने बताएका छन् । यतिबेला, सबैजना मानिस सेलिब्रिटीको पछि लागेको भन्दै यसले चलचित्रको कलेक्शनमा असर गर्ने बताएका छन् ।वाट्सऐप च्याटको वास्तविकता पुष्टी गर्न नै बाँकी रहेकाले पनि दीपिकाले जेल नै जानु नपर्ने तर्क केही बलिउडकर्मीहरुको छ । तर, ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी यी सुन्दरीलाई ड्रग्सको मुद्दाले करिअरमा भने ठूलो असर गर्ने देखिएको छ ।