मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा आम नागरिकका तर्फबाट सहयोग पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना तयार भएको छ । सोमबार कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले अक्षयकोषको कार्ययोजना स्वीकृत गरेको हो ।

संस्थाको कार्ययोजना निर्माण गर्न अघिल्लो बैठकले ३ सदस्यीय कार्ययोजना निर्माण समिति बनाएको थियो । उक्त समितिले तयार पारेको कार्ययोजनालाई आजको बैठकमा छलफल गरेर स्वीकृत गरिएको कोषका अध्यक्ष खुलालले जानकारी दिनुभयो । कार्ययोजना अनुसार सदस्यता विस्तार तथा कोष बृद्धि, प्रचार प्रसार, संघ संस्था तथा उद्योग प्रतिष्ठानसंग समन्वय गरेर बैठक आयोजना गरि संस्थाको जानकारी गराउने, सरकारी निकायहरुसंग समन्वय तथा सहकार्य गर्ने, छात्रबृत्ति कार्यविधि तर्जुमा र वितरण गर्ने र समिक्षा र मुल्याङ्कल गर्ने रहेको उहाँले बताउनुभयो । प्रतयेक कामको बाँडफाँड गरेर जिम्मेवारीका साथ समयसिमा तोकेर अगाडी बढ्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ ।

त्यस्तै आजको बैठकले अघिल्ला बैठकहरुमा भएका निर्णयको कार्यान्वयनको विषयमा छलफल गरेको छ । साथै संस्थाको दीर्घकालिन कार्यालय व्यवस्थापन तय गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै बैठकले शैक्षिक सहयोग अक्षयकोषको कृयाकलाप र गतिविधिका बारेमा जिल्लाका उद्योग प्रतिष्ठान, शैक्षिक क्षेत्रका विज्ञ तथा अग्रजहरुसंग रायसुझाव लिन तथा सदस्यता विस्तारका लागि पौष मसान्त भित्र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको समन्वयमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको खुलालले जानकारी दिनुभएको छ ।
बैठकमा कोषका उपाध्यक्ष ईन्दिरा न्यौपाने, सचिव बद्री बहादुर पाठक, सदस्यहरु मुकुन्द अधिकारी, लक्ष्मी माझी, राम शागर गुँरागाईलगायतकाके सहभागिता थियो ।