हेटौँडा– पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए । उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा पुगेको टोलीले उनलाई पक्राउ गरेको थियो ।