हेटौंडा – बागमती प्रदेशको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आज पुन पदबहाली गर्नु भएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासको फैसलाले पदमा रहेर काम गर्ने फैसला गरेपछी उहाँले आज पुनः पदबहाली गर्नु भएको हो ।
प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई पदबहाली गराउनुभएको छ । बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष चौलागाईलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौँडा इजलाशले बागमती प्रदेश सरकारका नाममा आदेश जारी गरेको भोलिपल्ट आज कार्यकारी उपाध्यक्ष चौलागाँईले पुनः पदबाहली गर्नुभएको हो ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषदको बैठकको निर्णय अनुसार चौलागाईलाई पद मुक्त गरेको थियो । सरकारले बदनियत राखी आफुलाई पदबाट हटाएको भन्दै चौलागाईले उच्च अदालत पाटन हेटौँडामा उत्प्रेषण परामदेशको रिट निबेदन दिनुभएको थियो । उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायधिश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम गर्न दिन सरकारका नाममा परमादेश जारी गरेको हो । रिट जारी भएसंगै चौलागाईले बागमती प्रदेश युवा परिषदकै उपाध्यक्षको हैसियतमा काम कारवाही गर्ने बाटो खुलेपछि चौँलागाईले आज पदबाहली गर्नुभएको हो ।