मकवानपुर– ३ नम्बर प्रदेशकाे मन्त्रीपरिषद बैठकले प्रदेशसभा बैठक आगामी पुस २१ गते आवहान गर्ने निर्णग गरेको छ । साेमबार साँझ वसेको वैठकले यही यस्ताे निर्णाय गरेकाे हाे ।
वैठकले प्रदेश प्रमुखलाई वैठक आवहानका लागि निर्णय गरेर पठाईको प्रदेश सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । प्रदेश सभाको वैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय गर्ने छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।
दुईवर्ष देखि निर्णय हुन नसकेको प्रदेश ३ को नाम र राजधानी अवको वैठकले टुङेगो लगाउने निश्चित भएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने कानूनी व्यावस्था छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयलाई प्रदेश सभाले अनुमोदन गर्ने निश्चित छ । साेमबार साँझ काठमाडौंबाट फर्किनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो ।