मकवानपुर – हिमपातका कारण अबरुद्ध भएको हेटौंडा हुँदै काठमाडौ जोड्ने त्रिभुवन राजपथ सुचारु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बाक्लो हिमपात हुँदा अवरुद्ध भएको त्रिभुवन राजपथ दिउँसोबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएरातिदेखि भएको हिमपातका कारण करिब ३–४ किलोमिटर सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो । थाहा नगरपालिकाको आवश्यक सहयोगद्धारा राजमार्ग सुचारु गराईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । त्यसक्षेत्रमा यसवर्ष हिमपात भएको यो दोस्रो पटक हो । हिमपात भएसँगै हिउँ खेल्न आउनेको आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीयले बताएका छन् ।