मकवानपुर – मकवानपुरमा बिहीबार थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६० जनाको कोरोना परीक्षण गर्दा १८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८९ जनाको परीक्षण गर्दा १३३ जना र एन्टिजेन विधिबाट ७१ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।