मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण भएपछि नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । बिहबिार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अनुगमनका क्रममा अस्पताल प्रशासनले यस्तो बताएको हो ।
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको टोलीद्धारा गरिएको अनुगमनका क्रममा प्रतिष्ठानका रजिस्टारसमेत रहेका अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले अस्पताका ५४ जना स्वास्थ्यकर्मी एवम् कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । कोरोना भाइरस संक्रमणका विरामी थपीदै गएपछी अस्पतालमा बिरामीको चाप समेत निकै बढेको बताउनुहुँदै उहाँले अस्पताका ११ जना डाक्टर, १४ जना नर्स सहित ५४ जनामा कोरोना संक्रमण भएपछि थप समस्या भएको बताउनुभयो ।
अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएसंगै ओपीडी सेवा समेत घटाइएको प्रसाईले बताउनुभयो । अस्पतालमा हाल कोभिड विरामीको लागि १२ वेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा रहेको र एचडियु सेवामा ९ जनाले सेवा लिइरहेको समेत उहाँले जानकारी गराउनुभयो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अस्पताल र खोप केन्द्रहरुको अनुगमन गरेको हो । टोलीले अस्पतालको पीसीआर प्रयोगशाला, कोरोना बिरामी जाँच गराउने वार्ड, अक्सिीजन प्लान्ट र यसको मौजदात राखिएको क्षेत्रमा अनुगमन गरेको हो । टोलीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाली सेना, ससस्त्र प्रहरी, जनपथ प्रहरी लगायतको सहभागिता थियो ।