मकवानपुर – मकवानपुरमा विहीबार (आज) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २३ जनामा गरिएको पीसीआर परीक्षणमा ५ जना र ८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ जना गरि थप ६ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा सकिृय संक्रमितको संख्या ३९ रहेको कार्यायले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा ३८ जना र संस्थागत आइसोलेसनमा १ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।












