मकवानपुर । नेकपा एमाले सम्बद्ध मकवानपुरका जनसंगठनहरूको बैठक शनिबार हेटौंडामा सम्पन्न भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरको आयोजनामा एमलेको २२ वटै जनसंगठनको सहभागितामा विस्तारित बैठक बसेको हो ।
एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरका संयोजक हिदम लामाको सभाध्यक्षता एवम् एमाले पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवालीको प्रमुख आतिथ्यतामा बिस्तारित बैठक बसेको हो । बैठकमा प्रमुख अतिथि ज्ञवालीले जनसंगठन बलियो भए पार्टी बलियो हुने बताउनुभयो । पार्टीको नीति विचार र कार्यक्रम जनताका बीचमा लैजानका लागि पनि जनसंगठनको भूमिका रहने बताउनुभयो । बैठकमा पार्टी केन्द्रिय परिषद सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले
पार्टीका सबै जनसंगठनले बर्गीय मुद्दामा जोडिन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले पार्र्टी चौतर्फि घेराबन्दीबाट गुज्रीएको अवस्थामा जनसंगठनको भुमिका थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
बैठकमा जनसंगठन समन्वय संयन्त्र मकवानपुरका संयोजक लामाले गर्नुभएको प्रस्तुतीमा केन्द्रीत रहेर जनवर्गिय संगठनहरुले आ–आफ्ना सुझाबहरु राखेका थिए । बैठकमा एमालेमा सम्बद्ध २२ वटा जनबर्गिय संगठनहरुले अब पार्टी र जनवर्गिय संगनहरु कसरी एक भएर पार्टीलाई उचाइमा पुर्याउने भन्नेमा योजनाबद्ध रुपमा अगाडी बड्नु पर्नेमा जोड दिएका थिए । जनबर्गिय संगठनहरुले चार वटा समुहमा लिखीत रुपमा समेत आफ्ना सुझाबहरु प्रस्तुत गरेका थिए ।
कार्यत्रmममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सदस्य एका लाल श्रेष्ठ, प्रदेश कमिटीका सदस्य एकराज उप्रेती, भोजराज ढकाल, पद्मा पौडेल, एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।