एमालेले केन्द्रको सिको ग¥यो –मुख्यमन्त्री पाण्डे
मकवानपुर – बागमती प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित हुनुभएको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले विहीबार पनि अवरुद्ध सृजना गरेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सुचना नभएसम्मका लागि स्थगीत गर्नुभएको थियो ।

विपक्षी दल नेकपा एमाले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिएकोभन्दै बिहीबार बिहान ११ बजे बसेको बैठकमा अवरोध सिर्जना गरेको थियो । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएर मुख्यमन्त्री भाग्न खोज्नु लज्जास्पद भएको भन्दै जवाफ नआएसम्म संसद चल्न नसक्ने बताउनुभयो । विपक्षीको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिनुभएको थियो ।
त्यसपछि बिहीबारै सभामुख श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएर प्रदेशसभा बैठक बोलाइएको थियो । प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएकोमा दुईघण्टा ढिला गरी बैठक सुरु भयो । तर, यस बैठकमा एमाले सांसदहरु अनुपस्थित हुनुभयो ।
एमालेले केन्द्रको सिको ग¥यो –मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रश्न उठाएर एमालेका सांसद संसदमा उपस्थिति नभएकोमा आपत्ति समेत जनाउनुभयो ।
मूख्यमन्त्री माथि लान्छना बोकेर हिड्नु राम्रो नभएकोले आफ्नो प्रष्टिकरण दिन पाउनुपर्ने बताउँदै आफुले जवाफ दिने कार्यसूची हटाएकोमा समेत उहाँले सदनमा प्रशन गर्नुभयो । बिहीबार बसेको दोस्रो वैठकमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित हुँदा मुख्यमन्त्रीले जवाफ दिने कार्यसूचि सभामुख सानुकुमार श्रेष्ठले हटाउनुभएको थियो ।
सदनमा बोल्दै मुख्यमन्त्री पाण्डेले सुरूङमार्ग बजेट अभावले स्थगित गरेको तर, बजेट नहटाएको बताउनुभयो । यस्तै बिद्युतीय बस चार्जिङ स्टेसन र राम्रो सडक पूर्वाधार नभएसम्म संचालन गर्न नसकिने उहाँले बताउुभयो । १२९० दिन मूख्यमन्त्री हुने डोरमणि पौडेलले ५६ दिन मूख्यमन्त्री बनेको आफुलाई काम गरेन भनेर प्रश्न गर्नु हास्यास्पद भएको बताउनुभएको छ । संसदमा बोल्दै उहाँले अष्टलक्ष्मी शाक्यकै पालामा १२ वटा मन्त्री रहेको भन्दै एमालेका प्रमुख सचेतक दिपक निरौला नेतृत्वको कार्यदलले मन्त्रालयको संख्याबारे निर्क्यौल गरेको समेत उल्लेख गर्नुभयो ।
प्रदेशसभा बैठकमा दुई प्रतिवेदन पेश
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा दुईवटा प्रतिवेदन पेश भएको छ । विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका ज्येष्ठ सदस्य रजनी अमात्य जोन्छेले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिको निर्णयको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको हो ।