काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । भर्खरै पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएपछि तत्कालै सर्वदलीय बैठक शुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । संसद्को गतिरोध अन्त्य र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाउनुभएको हो । बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।