मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होमआइसोलेसनबाट ७८ जना र संस्थागत आइसोलेशनबाट १९ जना गरि ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १० हजार २६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ४६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म ११ हजार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा हाल ९ सय २३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जस मध्ये ८ सय ४८ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जानकारी दिएको छ ।