मकवानपुर – बागमती प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेटमाथिको छलफल आजबाट सुरु भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि असार १ गते प्रस्तुत गरेको ५७ अर्बको बजेट माथि १७ दिनपछि बिहीबार आय र व्यय माथि सामान्य छलफल भएको हो ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले अनुमानित आय र व्यय माथिको वार्षिक अनुमानमाथि छलफल शुरू गर्नुहुँदै प्रदेश सदस्यले आफ्नो आफ्नो धारणा राख्नुभएको छ । छलफलमा भाग लिँदै सांसद विराजभक्त श्रेष्ठले यो वर्ष सवारी साधन कर पूर्ण छुट दिन सरकारलाई आग्रह गर्नुभएको छ । सवारी साधन राम्रोसँग चल्न नपाएका कारण सरकारले कर छुट गनुपर्ने उहाँले बताउनुभयो । उहाँले बजेट ल्याउँदा ४ वर्षको बजेटको समिक्षा गनुपर्ने भन्दै कर्मकाण्डीको लागि औपचारिक छलफल गर्न नहुने बताउनुभयो ।
सांसद लेखनाथ दाहालले पनि औपचारिकताको लागि छलफल गर्ने र पारित गर्न गणितिय माध्यम हुने भन्दै यस्तो परम्परा सच्चाउनुपर्ने बताउनुभयो । सरकारले विपद व्यवस्थापनमा पर्याप्त बजेट छुट्टाउन उहाँले माग गर्नुभयो । सांसद प्रभात तामाङले आय र व्यय दुवैको अनुमान प्रदेस सरकारको काल्पनिक भएको बताउनुभयो । चालू वर्षको चैत्र सम्म ३२ प्रतिशत बजेट खर्च भएको भन्दै सरकारसँग बजेट खर्च गर्ने सक्न क्षमता नभएको उहाँले बताउनुभयो । राजश्व आम्दानी गर्न र खर्च गर्न दुवैमा सरकार फेल भएको उहाँले आरोप लगाउनुभयो । गित गाउनलाई र चुनावी बजेट मात्र बाँडफाँड गरेको भन्दै आगामी बजेट कार्यान्वयन नै नहुने उहाँले ठोकुवा गर्नुभयो । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद इन्द्रमाया गुरुङले भने बाढीपहिरोमा परेर बेपत्त भएकाहरुकाले खोज गर्न सरकारसँग आग्रह गर्नुभयो । यस्तै मेलम्ची, हेलम्बुमा बेलिब्रिज संचालनमा तत्परता देखानउ आवश्यक भएको गुरुङले बताउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री ढुंगेलले शुक्रबार दिनुहुने भएको छ । प्रदेश सभा बैठक शुक्रबार १२ बजेका लागि बोलाइएको छ ।
यस्तै बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । प्रदेशमा प्रदेश पर्यटन सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक र सडक पारवाहन सम्बन्धी विधेयकमाथि छलफल अगाडि बढाइने भएको छ । बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन सम्बन्धी विधेयक बैठकमा टेबुल गर्नुभएको हो । यस्तै प्रदेश सडक पारवाहन सम्बन्धी विधेयक समा भएको छलफल सदनमा पेश गरिएको छ ।