जनमत पार्टी मधेश सरकारबाट बाहिरिने भएको छ । सोमबार सप्तरीमा भएको घटनापछि आज जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।
जनमतका एक नेताका अनुसार पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउन लागेका छन् । जनमतबाट मधेश सरकारमा दुई जना मन्त्री छन्। जनमतका प्रदेशमा १३ जना सांसद छन् । जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री छन् भने संसदीय दलका नेतासमेत रहेका महेश यादव शिक्षा तथा संस्कृति मन्त्री छन् ।