४४ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटीको आज बसेको बैठकले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनीत गरेको छ र साथै सातै प्रदेशको प्रदेश कमिटी समेत गठन गरेको छ । केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटव्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।
बैठकले पोलिटब्यूरो सदस्यहरूमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ चयन गरेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरि काशीनाथ अधिकारी, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विक, कमल चौलागाई, बालकृष्ण ढुङ्गेल, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठलाई चयन गरेको छ । बैठकले खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, सूर्य थापा, मना केसी, सुशीला नेपाल, पार्वत गुरुङ, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जु चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूंयाल, ठाकुर गैर, तिलक मेन्यांवो, जुली कुमारी महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, नरुलाल चौधरी, कृष्णबहादुर राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेललाई चयन गरिएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरि बैठकले २९ जना पुरुष र १४ जना महिलासहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनीत हुनेहरूमा दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम के. सी., लालबाबु पण्डितलाई मनोनीत गरिएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरि एकता प्रक्रियाबाट आएकाहरू मध्ये चन्द्रमोहन गौतम, रेशम लामा, दुर्गा प्रसाईँ, चुडा तामाङ, कृष्ण के.सी., गोविन्द दुलाल, सहदेव बोगटी, कालसिं काउचा, विषमलाल अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
त्यसैगरि महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोक्का, उमा कोइराला, कल्पना चापागाईँ, आशा बिक, नैनकला पुर्जा, मञ्जु गुरुङ, बिमला अर्याल, इन्दिरा सञ्याल, गीता कार्की, शान्ति अधिकारी, सरिता बराल, तारादेवी गुरुङ र रुक्मणी रानालाई मनोनीत गरिएको छ ।
त्यसैगरि नेकपा एमालेले सात वटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । प्रदेशमा प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य रहने गरी एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, महिला सहित दुई उपसचिव रहेको प्रदेश कमिटी गठन गरेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो ।
जसमा अनुसार प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् । प्रदेश नम्बर २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन हुनु भएको छ । त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरुङ चयन हुनु भएको छ । गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मि आचार्य चयन हुनु भएको छ । लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारु चयन गरिएको छ । बैठकले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाइ चयन भएका छन् । सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन हुनु भएको छ ।
त्यस्तै उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समीर नेपाल, उपसचिवमा चन्द्र रिजाल र उर्मिला सुनुवार चयन भएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । प्रदेश सङ्गठन कमिटी आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको र यही कमिटीले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ । आजकै बैठकले चयन भएका पोलिटव्यूरो सदस्यहरू मध्येबाटै स्थायी कमिटी सदस्य चयन गर्ने भएको छ ।