भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्ने र जिम्मेवारी नपुगेकालाई उचित जिम्मेवारी दिइने बताउनुभयो । केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल नभएको भन्दै अध्यक्ष ओलीले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेको निर्णय लोकतान्त्रिक हुने बताउनु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।