मकवानपुर – प्रदेश युवा परिषद र जिल्ला युवा समितिका अध्यक्षहरुको लागि दुई दिवशिय अभिमुखिकरण कार्यक्रम आईतबार हेटौंडामा सुरु भएको छ । बागमती प्रदेश युवा परिषदको आयोजनामा युवा परिचालन तथा युवा परिषद र जिल्ला युवा परिषदको आव २०७८÷०७९ को वार्षिक कार्यक्रम सम्बन्धी जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

No description available.

बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले युवाहरुलाई स्वरोजगार बनाउने र युवा परिचालन गरेर उत्पादकत्व बृद्धि गर्ने खाले कार्यक्रम सञ्चालन गर्ने तर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले तालिमका लागि तालिम भन्दा पनि युवा परिषदले आफ्नो लक्षय अनुसारको कार्यक्रम कार्यान्वयन गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनुभएको थियो । उहाँले युवा परिषले युवा उद्यमशीलतामा विशेष जोड दिएर काम गर्नुपर्ने बताउनुभयो ।

No description available.
No description available.

कार्यक्रमको उदेश्य तथा प्रदेश युवापरिषदले आव २०७८÷७९ मा सञ्चालन गर्ने कार्यक्रम र बजेटका विषयमा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी गराउनुभएको थियो । दुई दिन सम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय युवा परिषद् का प्रशासकीय प्रमुख डा. वावुराम ढुङ्गाना, युवा नीतिका विज्ञ महेन्द्र पौडेल र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रशिक्षण दिनुहुने छ । कार्यक्रममा प्रदेश युवा परिषदका सदस्यहरु त्था बागमती प्रदेशका १३ वटै जिल्ला युवा समितिका अध्यक्षहरुको सहभागिता छ ।

No description available.