मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्री मित्र मिलन बहुउदेश्य सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबारसम्पन्न भएको छ । संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महतले सहकारीले उत्पानमुखि क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । सहकारीले ऋण लगानी गर्ने र ब्याज लिने भन्दा पनि विभिन्न कार्ययोजना तयार पारेर उत्पादनका क्षेत्रमा लाग्नु पर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिका सहकारीसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको समेत बताउनुभयो ।

कुल ८७४ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयरपूँजी १ करोड १९ लाख ८६ हजार रुपैयाँ छ भने १ करोड ४८ लाख ८ हजार १९ रुपैयाँ निक्षेप रहेको संस्थाका व्यवस्थापक रामहरी खरेलले जानकारी दिनुभयो । संस्थाले यो वर्ष २५ लाख ८८ हजार ४३२ रुपैयाँ खुद नाफा गरेको खरेलले बताउनुभयो । साधारणसभाका अवसरमा संस्थाले जेष्ठ शेयर सदस्य २ जना, असल बचत कर्ता २ जना, असलऋणि २ जना, उत्कृष्ट कर्मचारी एकजना साथै एसईइ मा उत्कृष्ट अंक ल्याउन सफल शेयर सदस्यका छोराछोरी ९ जनालाई सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देश, जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, युसेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम शर्मा ढकाल, राष्ट्रिय सहकारी बैक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंग बहादुर गुरुङललगायतको आतिथ्यता रहेको थियो ।