चितवन– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र महासचिवमा शङ्कर पोख्रेल निर्विरोध निर्वाचित हुनु भएको छ ।तोकिएको समयभित्र वरिष्ठ उपाध्यक्ष र महासचिवमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल द्वय निर्विरोध निर्वाचित हुनु भएको हो। वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित पाँच जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन् । उनीहरूको औपचारिक घोषणा हुन भने बाँकी छ । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनु भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
Home प्रमुख समाचार एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र महासचिवमा शङ्कर पोख्रेल निर्विरोध निर्वाचित