अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेको हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ)भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो । वाशिङ्टनमा रहेको संसद भवनभित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम रहेको थियो ।