मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बुधबार राहत सामग्री उपलब्ध गराइएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाललाई बुधबार ८४ प्याकेट राहत प्रदान गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेकाे कारण दैनिक ज्यालादारी गर्ने मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश समितिद्धारा प्रदेश सरकार मार्फत राहत उपलब्ध गराएकाे थियाे । साेहि राहत सामग्रीबाट जिल्ला समन्वय समितिले बकैया गाउँपालिकालाई ८४ प्याकेट राहत सामग्री प्रदान गरिएको प्रमुख खुलालले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत उपलब्ध राहत सामग्रीबाट हाल सम्म चितवनलाई १०० प्याकेट, हेटौंडा उपमहानगरपालिका र ओम बृद्धआश्रमलाई २०/२० प्याकेट, मामाघर नेपाल मकवानपुरलाई १५ प्याकेट राहत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उद्योग परिसंघले बागमती प्रदेश सरकार मार्फत १ हजार प्याकेट (१०टन) राहत सामग्री जिसस महासंघ प्रदेश समितिलाई उपलब्ध गराएको छ ।