मकवानपुर– मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा जंगली साग खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । जंगली साग खाएर थाहा नगरपालिका वडा नम्बर–२ का ७३ वर्षिया मैयाँ बस्नेत, ४६ वर्षिया निर्मला बस्नेत , ५४ वर्षकै गोकुल बस्नेत २४ वर्षका शिवकुमार बस्नेत १९ वर्षकी स्मृति बस्नेत बिरामी परेका हुन् ।
आज विहान खानासँगै जंगलबाट ल्याएको दन्दुको साग र जरिङ्गो पकाएर खाएपछि उनिहरू बेहोस भएका थिए । बेहोस भएका उनिहरू छिमेकी माधव कार्कीले अटोमा राखेर पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । बिरामी परेका सबै जनाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थाहा नगरपालिकाका सुचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिनुभएकाे छ । उनिहरूको अवस्था सुधारोन्मुख रहेकाे भुजेलले जानकारी दिनुभउकाे छ । बिरामी परेका गोकुल र निर्मला मैयाँ बस्नेतको छोरा बुहारी हुन् भने शिवकुमार र स्मृति नाति र नातिनी बुहारी हुन् । बिरामी परेकाहरुले दन्दु र जरिङ्गोको साग बाहेक नचिनेर अरु नै केही खाएका कारण बिरामी परेको हुन सक्ने अनुमान गरिएकाे छ ।