हेटाैंडा – नेपालमा आज थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।