मकवानपुर – मकवानपुरमा नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को चोरी निकासी बढ्दै गएकपछि स्थानीय तहले गरेको कारबाहीमा प्रशासनबाट असहयाेग भएको छ । चारी निकासी बढ्दै गएपछि जिल्लाको मनहरी गाउँपालिकाले जरीवाना गरेका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएर असहयाेग पु¥याएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभएकाे छ ।
निबार गाउँपालिकाले चोरी निकासी गरेका ५० वटा सवारी साधनलाई जरीवाना गरी छाडेकोमा ढुङ्गा, गिट्टी, वालुवा बाकेर लोथर पुगेका सवारी प्रहरीले नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । देशैभरी असार, साउन र भदौ महिनामा खोलामा पस्न पाइदैन, यसैले पनि ढुङ्गा, गिट्टी, वालुवाको निकासी गर्नका लागि रोक लगाइएको हुन्छ । तर, मनहरी गाउँपालिकाबाट ढुङ्गा, गिट्टी, वालुवाको चोरी निकासी हुँदा त्यतीबेला कानमा तेल हालेर वसेको मकवानपुर प्रशासन र प्रहरी अहिले जरिवाना काटेपछी अबरोध सृजना गर्दै टिप्पर नियन्त्रणमा लिन थालेको अध्यक्ष उप्रेतीले वताउनुभयो । चाेरी निकासी नियन्त्रणमा प्रहरीकाे सहयाेग हुनुपर्नेमा अझ अबराेध भएकाे उहाँले बताउनुभयाे ।
“दुइमहिना सम्म दिनरात नभनीकन खोलाको ढुङ्गा, गिट्टी, वालुवा चोरी भइरहयो । राजमार्गका ठाउँठाउँमा बसेका प्रहरी रमिते बने । तर, चोरी, निकासीलाई रोक्नका लागि गाउँपालिकाले टिप्पर, ट्याक्टरबाट जरिवाना रकम लिन थालेपछी मनहरी प्रहरीले लोथरमा नियन्त्रणमा लिएको हो ।” उहाँले भन्नुभयो । “मकवानपुर प्रशासन र प्रहरीको मिलेमतोमा मनहरी सहित हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैयाँ गाउँपालिकामा चोरी नियन्त्रण गरिएन । मनहरीमा सबै भन्दा धेरै चोरी भयो । तर, प्रहरी टुलुटुलु हेरेर वसिरहे । अरुबेलामा ढुङ्गा, गिट्टी, वालुवाका सवारी आउने वित्तिकै नदेखेझै गर्ने इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी आज दिनभर गाउँपालिकाले जरिवाना काटेको सवारीका साधन नियन्त्रण गर्न व्यस्त थिए । साउन, भदौ र असोज महिनामा समेत ढुङ्गा, गिट्टी, वालुवाको चोरी नरोकिएपछी जरिवाना काटीएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
जिल्ला अनुगमन समितिबाट चोरी निकासी नियन्त्रणका लागि यस अघि नै स्थानीय तहमै जरीवाना गर्न पाउने निर्णय भएको छ । तर जरीवाना गरीएको सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरीले अबरोध सृजना गरेको अध्यक्ष उप्रेतीको भनाई छ । ढुङ्गा, गिट्टी, वालुवाको चोरी धेरै बढेको भन्दै जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, आरक्ष लगायतलाई पत्र पठाएर मात्र जरिवाना लिन सुरु गरेको अध्यक्ष उप्रेतीले वताउनुभयो ।शनिबार (आज) पनि २६ वटा सवारीका साधन ढुङ्गा, गिट्टी, वालुवा लिएर मनहरी गाउँपालिका अन्तरगतका खोलाबाट चोरी गरेर इलाका प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्नुको सट्टामा मिलेमतोमा छोडिदिएपछी सुनाचुरीमा गएर मात्र गाउँपालिकाले जरिवाना काटेको थियो । तर, जरिवाना काटेको रसिद देखेपछी प्रहरीले पक्राउ गरेको हो । दिनमा दर्जनौ टिप ढुङ्गा, गिट्टी, वालुवा मनहरीबाट चोरी भएर निकासी हुँदा प्रहरीले एक दिनपनि पक्राउ गरेर गाउँपालिकालाई नबुझाएको गाउँपािलकाका कर्मचारीहरु वताउँछन् । तर, गाउँपालिकाले अबैध सामानको जरिवाना गर्न पाउने नियम हुँदा हुँदैपनि प्रहरीले नियन्त्रणमा लिएको उनिहरुले बताएका छन् ।
ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना काटेपछी त्यो सामग्री पठाउन नमिल्ने भएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले वताउनुभयो । चोरी भएको जानकारी भएसम्म नियन्त्रण गरिएको वताउँदै उहाँले भन्नुभयो–‘मनहरी गाउँपालिकाले चोरी निकासी भएको ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना मात्र काट्ने भन्दा पनि सामान पनि जफथ नगरेकाले नियन्त्रण गरिएको हो । अब यो सामाग्री गाउँपालिका वा जिल्ला समन्वय समितिलाई बुझाउँछौं ।’

जनपत्रको सहयोगमा