हेटौँडा ÷ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगर पालिका वडा नम्बर १२ र १३ को वडा भेला सम्पन्न भएको छ । आज एक भव्य कार्यक्रमको आयोजना गरि वडा भेला सम्पन्न गरेको हो । भेलाले १२ नम्बर वडामा महेश भट्टराईको अध्यक्षमा ५३ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम लाल डिम्डुङ, सचिव अजय थिङ, सह–सचिव करण गोले र कोषाध्यक्ष प्रविण लामा चयन भएका छनध्र । कमिटिको सस्दयहरु राम चन्द्र दंगाल,अमृत थिङ, चन्द्र बहादुर घले,माधव घलान,मानव तिमल्सिना,युवाराज पौडेल,रविन्द्र घलान,रमेश थिङ,विजय थिङ,बुद्धि दंगाल लगायत रहेका छन ।

यस्तै युवा संघ नेपाल हेटौँडा १३ को समेत वडा कमिटि गठन भएको छ । सिन्धु थोकरको अध्यक्षतामा ८७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बुद्ध गोले,सचिव सुनिल पौडेल,सहसचिव सुजित मोक्तान,कोषाध्यक्ष प्रमिला न्यौपाने,सह कोषाध्यक्ष किशुन वाइवा चयन भएका छनध्र । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशका सामाजिक बिकाश राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य एबम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका सचीव एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत, युवा संघ स्थायी कमिटी सदस्य सन्तोष चौलागाईं, युवा इन्चार्ज सुनिल मोक्तान, खेलकुद महासङ्घ का केन्द्रिय उपमहासचिव धरम लामा, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती लगायतका पार्टीका नेता तथा कार्याकर्ताहरुको उपस्थित रहेको थियो ।

५४० जना एमालेमा प्रवेश

No description available.

१२ र १३ वडा भेलामा तरुण दल मकवानपुरका जिल्ला कमिटि सदस्य आशिष थापा मगर, माओवादि केन्द्रका बुद्ध गोले, कृष्ण बहादुर थिङ लगायत विभिन्न पार्टी परित्याग गरि हेटौँडा १२ बाट २७५ जना एमालेमा प्रवेश गरेका छन् भने वडा नम्बर १३ बाट २६५ जना एमालेमा प्रवेशको युवा संघ नेपाल हेटौँडा नगर कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो । नव प्रवेशीहरुलाई प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुले अबिर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।