मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले मुलुकको संरुक्षण र सञ्चालन गर्ने तागत नेकपा एमाले पार्टीसंग मात्र रहेको बताउनुभएको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले ७६ दिनसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन समेत नसक्ने गठाबन्धन सरकारले विकास, समृद्धि र मुलुकको संरक्षण गर्न नसक्ने बताउनुभयो ।

No description available.

नेता खुलालले समाजको उन्नती प्रगती गर्ने भिजन एमालेसङ मात्र रहेको भन्दै मुलुकको समृद्धि एमालेले मात्र गर्ने बताउनुभयो । उहाँले बिकास पुर्वाधार तथा राष्ट्रियताको सबालमा केपि ओलि नेर्तत्वको (एमाले) सरकारले गरेका कामहरु देखिन थालेको र जनताले महसुस गर्न थालेको बताउनुभयो । केन्द, प्रदेश वा स्थानीय तीनै तहमा एमाले नेतृत्वमा भएका जनमुखि कामले जनाता एमाले प्रति आकर्षित भएको उहाँको भनाई थियो । उहाँले पार्टी कमिटी, जनसंगठन परिचालनलाई नियमित गर्न तथा आगामी अधिवेशन महत्वपूर्ण ढंगले सफल पार्न समेत सुझाब दिनुभयो ।

No description available.

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले पार्टी संगठन निर्माणमा लाग्न अनुरोध गर्नुहुँदै भबिस्य एमालेकै हातमा रहेको बताउनुभयो । उहाँले केपि ओलिको सरकारको जति काम अहिले सम्म नभएको भन्दै मुलुकको समृद्धि एमालेले मात्र गर्न सक्ने बताउनुभयो । उहाँले अघिल्लो वर्ष मात्र मनहरी गाउँपालिकामा १ अर्बको काम भएको यो भन्दा ठुलो उदाहरण अरु हुन नसक्ने उल्लेख गर्नुभयो ।

No description available.

एमाले ९ नम्बर वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी सदस्य राचन्द्र अर्याल, लक्ष्मण प्रसाद भण्डारी, वडा इन्चार्ज विष्णुमणि अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकले पार्टीको वडा अधिवेशन आगामी कार्तिक ६ गते आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै नजिकिदै गरेको बडादशैलगायत विभिन्न चार्डपर्वका अवसरमा आगामी २३ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै सो कार्यका लागि कार्य विभाजान समेत गरेको वडा सचिव नारायण खतिवडाले जानकारी दिनुभयो ।