काठमाडौँ । नेपालमा आज २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ९ हजार ३३ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ नमुनाको एन्टीजेन परिक्षण गर्दा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका कारण आज थप ५५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर रहेका ३५ हजार ४ सय ८५ जना सक्रिय संक्रमित मध्ये ८ सय २ जना सघन उपचार कक्षमा उपचाररत छन् भने १ सय ८१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।सङ्क्रमणबाट आज २ हजार २९ जना निको भएका छन् । हालसम्म ९३ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।