मकवानपुर – मकवानपुरमा थप ६८ जना कारोना भाईरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६८ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म जिल्लामा ११ हजार ३ सय ७० जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८ सय १६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ७ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।