हेटौंडा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण दरका आधारमा मकवानपुरसहित ९ जिल्ला रेड जोनमा रहेको जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण दरका आधारमा बाग्मती प्रदेशका मकवानपुरसहति काठमाडौँ, भक्तपुर, ललितपुर चितवन, प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशको कास्की जिल्ला रेड जोनमा रहेका छन् ।
यसैबीच मकवानपुरमा थप ३६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ जनाको पिसिआर र ३३८ जनाको एन्टिजेन गरी जम्मा ४ सय ३९ जनाको परिक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म जिल्लामा ११ हजार ६ सय ७० जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८सय १६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ७ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।