स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर साह र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष अधिकारीले संघलाई चलायमान बनाउन र व्यावसायिक पत्रकारको क्षमता विकासमा सक्रिय गराउने बताउनुभयो ।
अधिवेशनबाट केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन हुनु भएको छ । यस्तै प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाईबा र दीक्षान्त खड्का चयन हुनुभएको छ । स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता एवम् स्वतन्त्र पत्रकार संघ राष्ट्रिय सल्लाहकार नवराज पहाडीको प्रमुख आतिथ्य तथा स्वतन्त्र पत्रकार संघ राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको विशिष्ट आतिथ्यमा अधिवेशन भएको हो ।