हेटाैंडा – नेपनलमा आज थप २ हजार २९९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज ६ हजार ५ सय ६६ नमूनाको सिपिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ जना तथा ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३ हजार ४ सय ५१ जना भाइरस संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४ प्रतिशत रहेको छ । कोरोनाका कारण आज थप ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।