मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा गरिएको पिसिआर परीक्षणमा २३ जना र ९१ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३७ जना गरी थप ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ११ हजार १ सय ७९ जना पुगेको कार्यलय जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ७७ जना र संस्थागत आइसोलेसनबाट १३ जना गरि ९० जना संक्रमणमुक्त भएका हुन् । योसंगै हालसम्म १० हजार १ सय १६ जना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल ८ सय ८८ जना सक्रिय संक्रमित उपचाररत रहेको कार्यलयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण थप २ जना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएसंगै जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।