काठमाण्डौ – आउँदो बजेटमा औद्योगिक क्षेत्रमा विशेष जोड दिइएको छ । विद्युतीय गाडी उत्पादन र एसेम्बल गर्ने विश्वका १० उत्कृष्ट कम्पनीलाई नेपाल ल्याउन आकर्षण गरिने बजेटमा उल्लेख छ । ती कम्पनीलाई विभिन्न छुट दिने बजेटमा उल्लेख छ । यस्तै स्वदेशी वस्तुको बृहत् उत्पादन र प्रयोगका लागि मेड इन नेपाल र मेक इन नेपाल कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । जुत्ता, चप्पलमा आत्मनिर्भर बन्ने लक्ष्य रहेको बजेटमा उल्लेख छ ।