file photo

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा चार सय तीस जना कैदीहरूको कैद मिनाहा गर्नु भएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७७।०४।१९ गते भएको परमादेश, मुलुकी अपराध संहिता र  २०७४ को बालबालिका सम्बन्धी ऐन अनुसार नेपाल सरकारको सिफारिसमा चार सय तीस जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी मिनाहा भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।