हेटौंडा– राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको आयोजनामा प्रतिभा प्रस्फुटन तथा फेसबुक लाईव कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। कोभिडको महामारीमा यस विरुद्ध जनमानसमा हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा गायनमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका ईन्चार्ज आशाकाजी श्रेष्ठ, संघका उपाध्यक्ष पुर्ण विक्रम अधिकारी, सचिव रेश्मी कार्की, कोषाध्यक्ष रमेश गहतराज, स्थानीय गायक बाबु क्षेत्री, हिरा क्षेत्री, सुनिता बुर्लाकोटी, आशिष अस्लामी, नीर्त्य तर्फ महासंघका सहसचिव लाल बहादुर गुरुङ्ग, सचिवालयका नीशा पुडासैनी, स्वास्थ्यकर्मी निर्मला भ्लोनलगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अहिलेको यस विषम परिस्थितिमा महासंघले यस किसिमको समाजलाई मोनोटोनस हटाउन गरीएको सांगीतिक एवम् फेसबुक लाईव कार्यक्रम प्रशंसा योग्य र नमुना कार्यक्रम रहेको आउदा दिनहरूमा यस प्रकारको कार्यक्रमले निरन्तरता हुनुपर्ने जोड दिनुभएको थियो। साथै सम्पूर्ण मकवानपुरवासीलाई कोरोना विरुद्धको लडाईमा सुरक्षित र सचेत रहन आग्रह समेत गर्नुभएको थियो। कार्यक्रम रास्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजु राम राउतको सभाध्यक्षतामा सम्पन्न भएको हो।